२८ असार २०८२, शनिबार

बाजुराकाे बुढीगंगा नगरपालिकामा माटोका भाँडा बनाउने तालिम


बाजुरा: बुढीगंगा नगरपालिकामा सञ्चालित एक महिने माटोका भाँडाकुँडा बनाउने सीपमूलक तालिम आज समापन भएको छ। सीप विकास तथा प्रशिक्षण केन्द्र र GIZ-RIP Green परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने अपेक्षा गरिएको छ।

समापन समारोहमा नगर प्रमुख राम बहादुर बानियाँले सहभागीहरूलाई बधाई दिँदै भने, “यो तालिमले कम्तिमा केही युवालाई व्यवसायिक बन्न प्रेरित गर्नेछ भन्नेमा म ढुक्क छु।” कार्यक्रममा नगर प्रमुख बानियाँ, उपप्रमुख तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

उक्त तालिमले माटोका भाँडाकुँडा निर्माणको प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको थियो। सहभागीहरूले व्यावहारिक अभ्याससहित उत्पादन प्रविधिबारे गहन ज्ञान हासिल गरेका छन्।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार