
बाजुरा: बडिमालिका नगरपालिकाको मार्तडी बजार क्षेत्रमा नगरस्तरीय युवा सञ्जालको अगुवाइमा बजार सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । वातावरणीय स्वच्छता अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको अभियान बाल क्लबको सहकार्यमा सम्पन्न गरिएको हो।
मालिका माविबाट सुरु गरिएको सरसफाइ कार्यक्रम हाटबजार, बसपार्क हुँदै विनोद स्मृति प्रतीक्षालयमा पुगेर समापन गरिएको नगर स्थरिय युवा संजालका अध्यक्ष सन्तोष विकले बताए । कार्यक्रममा बाल क्लवका प्रतिनिधी विद्यालयका शिक्षक, युवा सञ्जालका पदाधिकारीहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस अघि युवा संजालले सरसफाइ व्यवस्थापन विषयक टोलस्तरीय छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ । वातावरणीय सचेतना, नियमित सरसफाइ, फोहर व्यवस्थापन र सामुदायिक सहभागिता जस्ता विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड सो अभियान संचालन गरिएको अध्यक्ष विकले बताएका छन । नगरपालिकाको दिगो सरसफाइ लक्ष्यअनुसार नगरस्तरीय युवा सञ्जालले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ।
प्रकाशित मिति: १९ असार २०८२, बिहीबार