२९ असार २०८२, आईतवार

बाजुराका तीन जना उत्कृष्ट कृषकलाइ नगद पुरस्कार सहित सम्मान


बाजुरा: बाजुराका तीन जना उत्कृष्ट कृषक सम्मानित भएका छन् । आइतवार कृषि ज्ञान केन्द्र बाजुराले धान दिवसको अवसर आयोजित कार्यक्रमका विच कृषकहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।

No description available.
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहानीले जिल्लाभरबाट कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने तीन जना कृषकलाई सम्मान गरिएको बताएका छन । उनका अनुसार तरकारी खेती तर्फ बुढीनन्दा नगरपालिका ३ का रण बहादुर बोहरा, बडीमालिका ८ का लाल बहादुर अयडी रहेका छन भने बाख्रा पालनतर्फ बुढीगंगा १ की शुशिला थापा सम्मानित भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मानित गरिएको उनले बताए ।
कार्यक्रममा सम्मानित भएका रण बहादुर बोहराले गाउँमै केही गर्नुपर्छ भनेर व्यवसायीक तरकारी खेतीमा लागेको भन्दै यो सम्मानले थप हौसला मिलेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले धान दिवसको शुभकामना दिदैँ दिनप्रतिदिन खेती योग्य जमिन बाँझो हुदैँ गएकाले यँहाको आर्गनिक धान उत्पादनमा जोड दिनुपर्ने बताए ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले सम्मानित भएका उत्कृष्ट कृषकहरुलाई बधाई दिदैँ कृषि खेतीमा सबैले व्यवसायीक रुपमा लाग्नुपर्नेमा जोड दिए ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले उन्नत बीउ प्रयोग गरेर कृषि अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत रुपमा पालिकाले विभिन्न कार्यक्रम गरी रहेको बताए ।
बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, कृषक, पत्रकार लगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन बडीमािलका नगरपालिका कृषि शाखा प्रमुख रमेश विकले गरेका थिए ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार