७ असार २०८३, आईतवार

गौमुल गाउँपालिकाकाे निती : अध्यक्षसँग युवा उद्यमशीलता स्वरोजगार


सुशिल राेकाया– गौमुल गाउँपालिकाले युवाहरुलाई लक्षित गरी “अध्यक्षसँग युवा उद्यमशीलता स्वरोजगार कार्यक्रम” सञ्चालन गर्ने भएकाे छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रममार्फ उक्त योजना अघि सारेको हो । उक्त कार्यक्रम मार्फत स्थानिय स्रोत र सीपको सदुपयोग गर्दै युवालाई गाउँमै रोजगारी र आत्मनिर्भरता तर्फ उन्मुख बनाउने मुख्य उद्देश्य उदेश्य रहेको छ।
गाउँपालिकाका अध्यक्ष हरी बहादुर राेकायाको प्रत्यक्ष पहलमा सञ्चालन हुने यस कार्यक्रममा स्थानीय युवाहरुलाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको  गाैमुल गाउँपालिकाका प्रवक्ता देव रोकायाले बताएका छन्।
कार्यक्रम अन्तर्गत कृषि, पशुपालन, घरेलु तथा साना उद्योग लगायतका क्षेत्रमा लगानी तथा तालिममार्फत युवालाई उद्यमशील बनाउने योजना रहेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले प्राथमिक चरणमा विनियोजित बजेट, आवश्यक सिपमूलक तालिम, प्रविधि हस्तान्तरण तथा बजार पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। यो कार्यक्रमको कार्यान्वयनबाट दर्जनौं युवाले स्वरोजगारको अवसर पाउने तथा गाउँको आर्थिक वृद्धि र समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives