७ असार २०८३, आईतवार

माध्यामिक शिक्षा पश्चात् गौमुलकी छोरी रोजगार कार्यक्रम लागू गरिने


सुशिल रोकाया: गौमुल गाउँपालिकाले आर्थिक वर्ष२०८२/८३को नीति तथा कार्यक्रम मार्फत बिध्यालय शिक्षा सचेतना कार्यक्रम अन्तर्गत गौमुलकी छोरी, माध्यामिक शिक्षा (कक्षा ९ देखि १२) पश्चात् रोजगारी सुनिश्चित गर्ने विशेष कार्यक्रम अघि सारेको छ । गाउँपालिका अध्यक्ष हरिब बहादुर रोकायाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण छोरीहरूलाई सीपमूलक तालिम, स्वरोजगार तथा रोजगारीका अवसरहरू प्रदान गर्ने उद्देश्य राखिएको बताएका छन ।
कार्यक्रमअन्तर्गत छोरीहरूलाई कम्प्युटर, सिलाइ–कटाइ, कृषि, होटल व्यवस्थापन, घरेलु उद्यम सञ्चालन लगायतका व्यावसायिक तालिम दिइनेछ । तालिमपछि उनीहरूलाई गाउँमै रोजगारीमा समायोजन गर्ने र स्वरोजगारको लागि साना ऋण, सहकारी सहकार्य तथा प्रविधिको पहुँचसमेत दिलाइने योजना रहेको गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन । अध्यक्षका अनुसार, “यो कार्यक्रमले गाउँबाट छोरीहरू रोजगारीको खोजीमा बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुर्‍याउनेछ।”
कार्यक्रमको कार्यान्वयनका लागि गाउँपालिकाको वार्षिक बजेट, प्रदेश सरकार, संघ सरकार तथा गैरसरकारी निकायहरूको साझेदारीमार्फत स्रोत व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष सिता थापाले बताएकी छन । गाउँपालिकाले तालिमपछि अनुगमन तथा मूल्याङ्कन प्रणाली पनि सशक्त बनाउने जनाएको छ, जसअनुसार स्वरोजगार स्थापना, आम्दानी स्तर, रोजगार अवस्थाको निरन्तर समीक्षा गरिने उपाअध्यक्ष थापाले बताईन । स्थानीय तहमै छोरीहरूको सीप विकास र रोजगार सिर्जनाका लागि यो कार्यक्रम महत्वपूर्ण मानिएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives