
सुशिल राेकाया: बाजुराको गौमुल गाउँपालिकाले ३९ करोड ५८ लाख ६२ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको सातौँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सो बजेट र निति तथा कार्यक्रम ल्याएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा चालुतर्फ २९ करोड ५१ लाख ८८ हजार रुपिया बिनियोज गरिएको छ भने पुजिगततर्फ १० करोड ३३ लाख ७४ हजार बिनियोजना गरिएको छ ।
कृषि क्षेत्रलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ॥
प्रकाशित मिति: १० असार २०८२, मंगलवार