२९ असार २०८२, आईतवार

गाैमुल गाउँपालिकाकाे नीति कार्यक्रम : शिक्षा, स्वास्थ्य र सडकलाइ प्राथमिकता


सुशिल राेकाया: गाैमुल गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेको छ । पालिकाले प्रबिधीमैत्री पालिका बनाउन पालिकाकाे संस्थागत बिकास गर्ने भएकाे छ ।

त्यसै गरि रैथाने बालिका संरक्षण, कृषि जन्य बस्तु र पशुजन्य बस्तुकाे दिगाे बिकास गर्ने नितिका साथ अगाडी बढ्ने निती लिएकाे गाउँ पालिका अध्यक्ष हरी बहादुर राेकायाले बताएका छन । दिगाे बिकासकाे लक्ष अनुसार  गाउँपालिकाकाे आवधिक याेजना कार्यान्वयन गर्ने अध्यक्ष राेकायाले बताएका छन ।

पालिकाले वन संरक्षण, जडिबुटी खेती र हरियाली पालिका निर्माणमा लगानी बढाउने नीति लिएको गाउँपालिकाकाे निती तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?