२४ बैशाख २०८३, बिहीबार

आप्रवासन सेवा केन्द्र (सामी)द्धारा बैदेशिक राेजगार सम्बन्धी अन्तरकृया


सुशिल राेकाया : बडीमालिका नगरपालिका राेजगार शाखाकाे आयाेजनामा आप्रवासन सेवा केन्द्र (सामी) सम्बन्धि पत्रकारसंग अन्तरकृया कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।  सुरक्षित वैदेशिक रोजगारी बारे जानकारी लिनेहरुकाे सन्देस दिन साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।  वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन तह र तप्काबाट सबैले लाग्न र सन्देश दिने उदेस्यका साथ साे कार्यक्रमकाे आयाेजना गरिएकाे बडीमालिका नगरपालिका राेजगार संयाेजक प्रमिला थापाले बताएकी छन । बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा आप्रवासन सेवा केन्द्र (सामी)को समन्वयमा कार्यक्रम संचालन गरिएको थियो ।

आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि जिल्ला स्थीत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरु संग सुरक्षित वैदेशिक रोजगारीका बारेमा संग छलफल गरिएकोे हो ।वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन कार्यक्रमको उदेस्य रहेको सामी परियाेजना संयाेजक लक्ष्मी चाैधरीले बताएकी छन ।

वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम बडीमालिका नगरपालिकाको साझेदारी र हेल्भेटासको प्राविधिक सहयोगमा संचालन भैईरहेको बडीमालिका नगरपालिका राेजगार स‌याेजक थापाले बताइन । बाजुराका अन्य स्थानिय तहमा भने सो कार्यक्रम संचालन नभएको बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक  थापाले जानकारी दिइन् ।

वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न यस बर्षबाट लागु भएको उनले बताएकी छन ।  परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानूनी सेवा, निःशुल्क सीप तालीम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनःस्थपनाको काम गर्दै आएको राेजगार संयाेजक थापाले बताएकी छन ।

रोजगार सेवा केन्द्र संयोजक प्रमिला थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष संगिता तिमिल्सेना रहेकी थिइन । रोजगार सेवा केन्द्र सहायक दलबहादुर दानीले संचालन गरेकाे कार्यक्रमको स्वागत मन्तव्य आप्रवासन सेवा केन्द्र (सामी) कार्यक्रमका प्रमुख प्रकाश खड्काले गरेका थिए । कार्यक्रममा जिल्ला स्थीत पत्रकारहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको सहजिकरण आप्रवासन सेवा केन्द्र (सामी) कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले गरेकी थिइन ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives