३१ असार २०८२, मंगलवार

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई शैक्षिक साम्रगी सहयाेग


बाजुरा: महालक्ष्मी बैंक लिमिटेड बाजुरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुराको बडीमालिका नगरपालिका–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना गरिब, दलित तथा पिछडिएका वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित विद्यालय झोला वितरण गरेको छ। आइतबार  विद्यालय प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे हाे । विद्यालयकाे समन्वयमा महालक्ष्मी बिकास  बैंक बाजुरा शाखा प्रमुख नवीन शाह लगायत बैकंका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरेकाे बैकका क्रमचारी बिनाेद पाण्डेले बताएका छन। कार्यक्रमलाई विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक बिध्यार्थिहरूकाे उपस्थिती रहेको पाण्डेले बताए।

No description available.
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालचन्द जाेशीले भने महालक्ष्मी बैंकको उक्त सहयोगप्रति आभार प्रकट गर्दै, “आजको सहयोगले हाम्रो विद्यालयमा अध्ययन गर्ने सीमान्तकृत र आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई ठुलो राहत मिलेको छ। शिक्षामा समान पहुँच पुर्‍याउने यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रेरणा दिनेछ।”

No description available.
महालक्ष्मी बिकाश बैकका प्रमुख म्यानेजर नवीन शाहले भने, “महालक्ष्मी बैंक केवल वित्तीय कारोबारमा सीमित छैन, हामी समाजप्रति उत्तरदायी संस्था हौं। त्यसैअनुसार शिक्षा, स्वास्थ्य, वातावरण तथा स्थानीय विकासमा योगदान पुर्‍याउने अभियानमा सक्रिय रहदै यहासम्म पुगेका छाै उनले भने ।”  बाजुरा हाम्राे कार्यक्षेत्र पनि हाे यस्ता कामले हामीलाई पनि समाजप्रति उत्तरदायी बनााउने प्रेणा मिल्ने गरेकाे बताए ।

No description available.
विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका कारण उनीहरूका लागि शैक्षिक सामग्री जुटाउन पनि कठिन भइरहेको अवस्थामा यस्ता सहयोग कार्यक्रमले उनीहरूको पठनपाठनमा सहयोग पुग्ने अभिभावकहरूले बताएका छन्।

No description available.
कार्यक्रममा झोला वितरणसँगै शिक्षाको महत्व, बालबालिकाको संरक्षण, विद्यालयमा नियमित उपस्थिति लगायत विषयमा पनि छोटो अभिमुखिकरण समेत गरिएकाे प्राधानाध्यापक लालचन्द जैशीले बताए । बिध्यालयका शिक्षक प्रेमलाल पाध्यायले भने “यस किसिमको सहयोगले विद्यालय र समाजबीचको सम्बन्ध बलियो बनाउँछ। यस्तो सहयोगले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्वमा अघि बढ्न प्रेरणा दिनेछ।”

No description available.
महालक्ष्मी बैंकले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियाे । बैंकले आगामी दिनमा पनि समाजका सीमान्तकृत वर्गहरूलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?