
बाजुरा: बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बाम्का बजारका आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि आर्थिक सहयोग गरेका हुन । शनिवार फालासैनमा बुढीगंगा र बडीमालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठक बसी सोही ठाउँ एक लाख ५५ हजार पाचँ सय ५५ रुपियाको चेक हस्तान्तरण गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख खड्काले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको तर्फबाट आर्थिक सहयोग गरिएको बताए । उनका अनुसार बाम्काका अग्नीपीडितलाई राहत स्वरुप एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको बताए ।
उक्त रकमको चेक राहत संकलन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जनाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताएका छन ।
आगलागी पीडितका लागि हालसम्म करिब ८० लाख रकम संकलन भएको बताइएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक सहयोग भइरहेको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत भइरहेको छ ।
नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार