८ असार २०८२, आईतवार

बुढीगंगामा बृहत कृषि मेला प्रदर्शनी


बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिकाको फालासैनमा शनिबार बृहत कृषि खाद्य  परिकार तथा सिप मेला प्रदर्शनी गरिएको छ ।
नगरपालिका कृषि शाखाको आयोजनामा कृषकहरुलाई प्रोत्साहन र कृषि पेशालाई प्रवद्र्धन गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो ।
“व्यवसायिक कृषि,नगरको समृद्धी” मुल नाराका साथ कृषि खाद्य परिकार तथा सीप मेला प्रदर्शनी संचालन गरिएको हो ।
कृषि शाखाको आयोजना र गिफ्ट नेपाल र सहास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मेला प्रदर्शनी गरिएको कृषि शाखा प्रमुख दीपक  थापाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार नगरपालिकाको दश वटै वडामा रहेका २२ कृषक समुहले सामुहिक रुपमा कृषि मेला प्रदर्शनीमा मौसमी तथा बेमौसी तरकारी,बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रबाट तालिम लिएर सिप सिकेकाले माटोका भाँडा जुत्ता,चप्पल लगायत प्रदर्शनीमा राखिएको बताए ।
बृहत कृषि तथा सीप प्रदर्शनी  मेलामा राखिएका विभिन्न तरकारी,अन्नबाली,  अचार, जुत्ता, चप्पल, माटोका भाँडाहरुको मुल्यांकन गरेर उत्कृष्ट हुनेलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
नगरपालिकाका उत्कृष्ट कृषकका रुपमा रहेका चार  जना कृषकलाई नगद सहित सम्मान गरिएको कृषि शाखा प्रमुख थापाले बताएका छन् ।
सम्मानित हुनेमा प्रकाश विष्ट, भोलाराज जैशी,उमाकान्त पाध्याय पदम रावत  रहेका छन् । उनीहरुलाई जनही पाँच हजारका दरले नगद पुरस्कार पनि वितरण गरिएको छ ।
बुढीगंगा  नगरपालिकाका कृषिमा आत्मनिर्भर बनाउनका लागि पालिकाले हरेक वर्ष कृषि तथा सिप मेला प्रशर्दनी गर्दै आएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीको अध्यक्षतामा संचालन भएको  कार्यक्रममा नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नगर उप प्रमुख माया खड्का(कुँवर) विशिष्ट अतिथी रहेकी थिइन् । बृहत कृषि  खाद्य परिकार तथा सीप मेलामा नगरपालिकाका दश वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत अतिथी रहेका थिए ।
कृषि शाखाका प्राविधिक सिद्धराज जैशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कृषि शाखा प्रमुख दीपक थापाले गरेका थिए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार