९ असार २०८२, सोमबार

भारतीय राजदूतावासद्धारा हिमाली र खप्तड छेडेदहलाई एम्बुलेन्स


बाजुरा ः बाजुरा जिल्लाका दुई गाउँपालिकाले एम्बुलेन्स पाएका छन् । हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेका हुन् ।

शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको उपाध्यक्ष विशुदेवी नाथले बताएकी छन् ।

उपाध्यक्ष नाथले पालिकाले पोहोर साल नै माग गरेको भएपनि यो वर्ष मात्र प्राप्त भएको गौमुल खबर डटकमसंग कुरा गर्दै बताएकी हुन् । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष विशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बुझेका हुन् ।

नेपाल–भारत विकास साझेदारी अन्तर्गत एम्बुलेन्स उपलब्ध गराईएको छन् । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले  लामो समयको पहलपछि गाउँपालिकाले एम्बुलेन्स पाएकोमा खुसी व्यक्त गरेका छन् । हिमालीमा एउटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार