९ असार २०८२, सोमबार

पहिराे खसेपछी मार्तडी कोल्टी सडकखण्ड अन्तरगत बडीमालिका ७ मा सडक अबरुद्ध


बाजुरा: जिल्लाको मुख्य सडकको रुपमा रहेको  मार्तडी काेल्टी सडक खण्ड अबरुद्ध भएको छ । हिजो राति देखी परेको अबिरल बर्षाका कारण उक्त सडक खण्डको चुथी र रजातोली गाउँको बिचमा पहिरो खसेपछी सडक अबरुद्ध भएको हो । मार्तडी कोल्टी सडक अन्तरगत चुथी र रजातोलीको बिचमा पहिरो जादा  यातायात सेवा अबरुद्ध भएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।

पहिरो हटाउन पहल भईरहेको वडाअध्यक्ष पाध्यायले बताएका छन । मार्तडी कोल्टी सडक खण्डकै रजातोलीमा रहेको खोलामा समेत समस्या भएको यातायात ब्यवासायीले बताएका छन । साे सडककाे केही ठाउँमा आज दिनभर यातायातका साधन नचेकाे ब्यवासायी हरुले बताएका छन ।

जिल्लामा मुख्य राजमार्ग र स्थानिय सडकमा पर्ने खोलामा गाडीपुल नहुदा स्थानियलाई यातायातको असहजता हुदै आएको छ । मार्तडी गौमुल सडकको ठुली साघुमा समेत पुल नहुदा यातायातका साधन वारपारमा समस्या भएको स्थानियले बताएका छन ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार