१० असार २०८२, मंगलवार

बडिमालिका नगरपालिकाद्धारा बाल अधिकार समितिलाई अभिमुखीकरण


बाजुरा: बडिमालिका नगरपालिकाले बाल संरक्षण कार्यविधि समिति तथा समितिको काम, कर्तव्य, भूमिका र जिम्मेवारी सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । समिति तथा सरोकारवालाहरूलाई लक्षित गर्दै युनिसेफ नेपालको आर्थिक सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बाल अधिकार, बाल संरक्षण कार्यविधिको आधारभूत परिचय, समिति सदस्यको काम र जिम्मेवारी, सूचनाको अभिलेख, घटनाको छानबिन, र पेश गर्ने प्रकृयाहरू, समन्वय र सूचना आदानप्रदान कार्यालयको विषयमा छलफल गरिएको छ । त्यस्तै विद्यालय, सामाजिक संस्थासँग जुड्ने, सम्भावित जोखिम पहिचान र समयमै रिपोर्टिङ गर्ने लगायतका बिषय वस्तुमा रहेर सो कार्यक्रमको आयोजना गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा महत्वपूर्ण सुझाव संकलन तथा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल समेत भएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । नगर उप–प्रमुख थापाले “गत वर्षको तुलनामा यस वर्ष सामाजिक बिकासका कार्यक्रमका लागि बजेटमा वृद्धि गरिएको र काममा केही सहज हुने समेत बताएकी छन् । उक्त बैठकमा समिति सदस्य सरोकारवाला पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अधिवक्ता गगन रावलले सहजिकरण गरेको सो अभिमुखीकरण कार्यक्रममा बाल संरक्षण कार्यविधिको व्यावहारिक कार्यान्वयन, घटना अनुसन्धान, सूचना संकलन तथा छानबिन प्रक्रिया, जोखिम पहिचान र समयमै सम्बन्धित निकायमा रिपोर्ट गर्ने प्रणाली, साथै स्थानीय सेवा–संस्थाहरू (विद्यालय, स्वास्थ्य केन्द्र, प्रहरी, सामाजिक संघसंस्था) सँग समन्वय र सरकारको निति कार्यान्वयनबारे विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरूले बाल संरक्षणमा आफ्नो जिम्मेवारी बुझेको र अगाडि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । समितिका सदस्यहरुले भने, “आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझ्न पाएका छौ अब हामी अझ प्रभावकारी कामका लागि लाग्न तयार रहेका बताएका छन् ।”

बडिमालिका नगरपालिकाले यस कार्यक्रमले आगामी दिनमा नियमित अनुगमन, थप कार्यशाला तथा सचेतना अभियान सञ्चालन गर्ने तयारी अघि बढाएको छ । बजेटमा उल्लेखनीय वृद्धि र सहभागीको स्तर बढेसँगै भविष्यमा बालमैत्री वातावरण निर्माणमा यो कार्यक्रम थप गतिशील प्रेरणा बन्ने अपेक्षा गरिएको छ ।

बडीमालिका नगरपालिका नगर उप–प्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा सहायक बिन्दु बडालले संचालन गरेकी थिइन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार