८ असार २०८२, आईतवार

बाजुराका आगलागी पीडितका लागि आईएनएफ नेपालद्धारा दुई लाख सहयोग


बाजुरा: आइएनएफ नेपाल नामक गैरसरकारी संस्थाले बाम्का बजारका अग्नीपीडितका लागि २ लाख रुपिया सहयोग गरेको छ । आइएन एफ नेपाल बाजुरा शाखाले अग्नीपिडीतका नाममा रहेको राहत संकलन समितिको खातामा जम्मा गरेको हो ।
पीडित व्यवसायीहरुलाई केही राहत पुगोस भन्ने उदेस्यका साथ आईएनएफ नेपाल बाजुराले सहयोग गरेको आईएनएफ नेपाल बाजुराका कार्यालय प्रमुख खेम मिश्रले बताएका छन । बुढीगंगा नगरपालिकाले पीडितका लागि राहत, पुनःस्थापनाको पहलसँगै उक्त अभियानमा साथ सहयोग गरेवाफत आईएनएफ नेपाललाई धन्यवाद समेत ब्यक्त गरेको छ ।
यहीँ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन भने केहीमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

बि.स. २०६९ साल देखी बाजुरामा काम गर्दै आएको आईएनएफ बाजुराले जिल्लामा जिवकोपार्जन, सरसफाई लागयतका कार्यहरु गर्दै आएको छ । संस्थाले हिमाली गाउँपालिकाबाट सुरु गरेका परियोजनाहरु  हिमाली गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका बुढिनन्दा नगरपालिका बडिमालिका नगरपालिका र गौमुल गाउँपालिका लगायतका स्थानिय तहमा  स्वास्थ्य सरसफाई र जिवीकोपार्जन, जलबायू परिर्वतन लगायतका परियोजना संचालन गर्दै आएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार