
बाजुरा: बुढीगंगा नगरपालिका वडा न ६ मा रहेको बाम्का बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि जगन्नाथ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीकाे अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पीडितलाई रु एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । आगलागीबाट क्षति बेहोरेका स्थानिय व्यापारीहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले सहयोग स्वरुप साे रकम दिने गाउँपालिकाले जनाएको छ ।
आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न र सहयोग गर्न सबैलाई अपिल गरिएको गाउँपालिकाले जनाएकाे छ ।
बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो। क्षतिको यथोचित मूल्याङ्कनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा मूल्याङ्कन कार्य अघि बढाएका छन् । यस सहयोगले पीडितलाई तत्कालिक राहत प्रदान गर्ने र पुनःस्थापनामा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार