२१ असार २०८२, शनिबार

बाजुरा आइरहेकाे सेनाको हेलिकप्टर आकस्मिक अछाममा अवतरण


बाजुरा: नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो ।अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?