
बाजुरा: बाजुरामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ को पूर्व अर्धबार्षिक समिक्षा गरिएको छ । इन्सेक बाजुराको आयोजनामा मंगलवार जिल्ला प्रशासन कार्यालयमा समिक्षा कार्यक्रम गरिएको हो । समिक्षा कार्यक्रममा जिल्लामा मानव अधिकारको अवस्था र विभिन्न घटनाको बारेमा छलफल गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि पदम बहादुर सिंहले नेपाल मानव अधिकार बर्ष पुस्तकका लागि जिल्लामा संकलन गरिएका घटनाहरु प्रस्तुन गरिएको थियो । घटना प्रस्तुत पछि जिल्लाको मानव मानव अधिकारीको अवस्था र सुझाव सहितको छलफलका खुला गरिएको थियो ।
समिक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले इन्सेकले मानव अधिकारका पक्षमा वकालत गर्दै काम गरी रहेको बताए । उनले इन्सेक प्रहरीसँग नजिक रहेको भन्दै यसले मानव अधिकारीका घटना न्युनिकरणमा समेत राम्रो भूमिका खेल्दै आएको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मानिस नजन्मे देखि नमरुन्जेलसम्म मानव अधिकार अत्यावश्यक रहेको बताए । उनले जिल्लामा विकास निर्माणसँगै थुप्रै समस्या रहेको भन्दै नागरिकका समस्यालाई इन्सेक लगाएत पत्रकारहरुले हल्ला गर्नु पर्ने बताए । पाध्यायले भने बर्ष पुस्तकमा वातावरण पनि समेटिनु पर्ने बताए । उनले जिल्ला कारागारमा पनि जीर्ण भवन हुँदा कैदीबन्दीले समस्या भइरहेको भन्दै संविधान सम्पन्न कारागार भवनको आवश्यकता रहेको बताए ।
बाजुरा जिल्लामा महिला कारागार छैन अछाम पठाउने पर्दा समस्य भएको बताए । समस्य देखिन्छ समाधानको लागि सम्बन्धित निकाएलाइ जिल्लाकाबाट पत्राचार कति गरियो सुनुवाई हुदैन दुख लागेको बताए ।
उनले जिल्लामा मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाको विवरण तथा त्यससँग सम्बन्धित नागरिकका समस्या सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । घटना संकलन राम्रो छ । पुस्तकमा समेटीनु पर्ने केही घटनाहरु प्रहरी प्रशासनमा पनि हुन्छन समन्वय गर्दा अझ बर्ष पुस्तकको गरिमा बढ्ने बताए ।
बर्ष पुस्तककाल लागी संकलित २०२५ जनवरी देखी जुनसम्मा बलत्कारका ३ घरेलु हिंसा ९ हिरातममा मा हुदा उपचारको क्रममा १ बहुविहा २ घटना संकलन गरिएको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
पूर्व समिक्षा कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नावय निरिक्षक इकवाल हवारी, राष्ट्रिय अनुसन्धान अधिकृत सुमन कुमार भण्डारी, नेपाल पत्रकार महासघ बाजुराका सचिव प्रेम रौले लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार