८ असार २०८२, आईतवार

बडीमालिका नगररपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


बाजुरा: बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको छ । बडीमालिका नगरपालिका नगर कार्यपालिको आयोजनामा आयोजित विशेष कार्यक्रममा शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए ।
नगरपालिका भित्रका जन्मे देखि १५ महिनासम्मका ३ सय ८० जना बालबालिका, १६ महिना देखि ५९ महिनासम्मका ५ सय ८४ जना बालबालिका पूर्ण खोप सेवाको पहुँचमा पुगेका छन ्। यसरी कुल ९ सय ६४ जना बालबालिकालाई आवश्यक सबै नियमित खोप पाईसकिएको बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख खड्काले बताए । बाालबालिकाले उमेर समुह अनुरुप पाउनु पर्ने पूर्ण खोप झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी छ ।
बडीमालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा पूर्ण खोप अभियानलाई सफल भएको बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताए । पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी स्वास्थ्य स्वयमसेवीका कर्मचारी सरोकारवाला लाई धन्यबाद दिनुका साथै नियमितताको गर्न सझाव समेत दिएका थिए ।
नगरउपप्रमुख नन्दा कुमारी थापाले पालिकाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन, यसलाई दीगापना बनाउँदै लैजान चुनौति रहेको छ यसको निरन्तरताको लागि स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवालले प्रतिबद्ध हुन जरुरी रहेको बताउनु भयो ।
स्वास्थ मानव जीवनको समवेदनशिल क्षेत्र हो, स्वास्थ्यकर्मी मानव जीवनका भगवन हुन त्यसैले स्वास्थ्यकर्मीहरुले सेवा प्रति कट्टीबद्ध भएर सेवामा लाग्न सुझाव दिएको थियो ।
बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता हासिल गरेसंगै भविष्यमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको सुदृढीकरण मार्फत पालिकाले खोप सेवाको दिगोपना कायम राख्ने योजना बनाएको जनाएको छ ।


प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार