८ असार २०८२, आईतवार

एकिकृत बिध्यालय ब्यबस्थापन तालिम सञ्चालन


सुशिल रोकाया– बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर ३ माँझपालीमा रहेको बालबिकास माध्यामिक बिध्यायालयमा एकिकृत बिध्यालय ब्यबस्थापन तथा बिकास सबन्धी तालिम सञ्चालन भएको छ । गौमुल गाउपालिकाको समन्वय तथा काठमाडौं युनिभर्सिटी स्कुलको सहजिकरण बि एम जेट, टि डि एच जर्मनको आर्थिक सहयोग र मानव संशाधनकेन्द्र एचआरसी बाजुराको आयोजनामा तालिम सञ्चालन भएको हो ।
बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना कार्यक्रम अन्तर्गत प्रस्तावित नमुना बिध्यालयको गुस्तरिय शिक्षा पर्बद्नन गर्न शिक्षक, कर्मचारी,र बिध्यालय ब्यबस्थापन समिति पदाधिकारी र जनप्रतिनिहरूको क्षमता अभिबृद्दी गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको एच आरसी बाजुराका शिक्षा बिकास अधिकृत दिल बहादुर धामिले बताए ।
उक्त तालिममा बिध्यालयले हाल सम्म सञ्चालन गरिरहका गीतिबिधिका बिषयमा छलफल र आगामी दिनमा बिध्यालयको शैक्षिक गुस्तर बढाउन बिध्यार्थी शिक्षकले गर्नु पर्ने क्रियाकलाप, अभिभावकको जिम्मेवारी, बिध्यालय ब्यबस्थापन समितिले गर्नु पर्ने काम र अन्य सरोकारवाला निकायले खेल्नु पर्ने भुमिकाका बिषयमा जानकारी गराईने भएको छ ।
३ दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षण काठमाडौं बिश्वबिध्यालयका प्राध्यापक डाँक्टर धनपति सुबेदीले गर्ने भएका छन् । तालिम एक चारिक कार्यक्रमका बिच उद्घाटन भएको थियो ।
बालबिकास माबिका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र बोहराको अध्यक्षता सञ्चालन भएको तालिममा प्राध्यापक डाक्टर धनपति सुवेदी रहनु भएको थयो । बिशिस्ट अतिथिमा वडा अध्यक्ष गोरख बहादुर बोहरा वडा सदस्य नर्मा विक रहनु भएको थियो ।
तालिममा शिक्षक अभिभाबक बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारी लगायत ३० जना बढिको सहभागीता रहेको छ । बाल बिकास माबिमा सञ्चालन भएको तालिम ३ दिन सम्म सञ्चालन हुनेभएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार