३१ जेष्ठ २०८२, बिहीबार

बडिमालिका नगरपालिकाद्वारा बृहत् कृषिमेला तथा प्रदर्शनी


बाजुरा: बडिमालिका नगरपालिकामा बृहत् कृषि मेला तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन: पूर्वाधार, बडिमालिका नगरपालिकाको समृद्धिको प्रमुख आधार भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको विकास, नवप्रविधिको प्रयोग र कृषकहरूको सशक्तीकरणमा सहयाेग पुग्ने आयाेजककाे बुझाई छ । नगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । बडीमालिका नगरपालिकाका नौ ओटै वडाका कृषकहरुले उत्पादन गरेका खाध्य तथा नगदेबालीहरु प्रदर्शन गरिएको बडीमालिका नगरपालिका कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर महतले बताएका छन् ।
बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा नगरका ९ वटै वडाका कृषकहरुले उत्पादनहरु खाद्यान्न बाली समुह अन्तर्गत (धान,गहुँ,जौ,मकै,तथा रैथाने बाली) फलफूल बालि समूह अन्तर्गत (हागा सहित सुन्तला जात,आरु,अम्बा,किवी आदी) प्रदर्शनीमा राखीएका छन ।
त्यस्तै नगदे तथा विविध बाली समूह (मौरी,मह,च्याउ,आदि) मसला बाली समूह तर्फ (अदुवा,बेसार,लसुन,धनिया आदि) आलु तथा जरे बाली समुह तर्फ (प्याज,मुला,आलू, पिँडालु आदि) लहरे तरकारी बाली तर्फ (जुकेनी,फर्सी,काक्रा,सिमि,बोडी आदि) र फल तथा पातजन्य तरकारी तर्फ (रायो,बन्दा,काउली,टमाटर आदी) तरकारी,बालीनाली तथा फलफूलहरुको प्रदर्शनी गरिएकाे  छ।
साथै स्थानीय ३६ बाजा झल्किने (पञ्चेबाजा) झाकी प्रदर्शन,सामुहिक एकल नृत्य तथा एकल गायन प्रस्तुत समेत गरिएकाे थियाे । सम्पूर्ण विधाका उत्कृष्ट कृषि उपजलाई आकर्षक पुरस्कारको समेत व्यबस्था गरिएकाे छ । मेलामा सहभागि विभिन्न विधाका कृषि उपजहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको नगरपालिकाले जनाएकाे छ ।

बडिमालिका नगरपालिकाको आयाेजनामा विभिन्न स्थानीय उत्पादनहरू, उन्नत बीउबिजन, जैविक मल, आधुनिक कृषि उपकरण तथा प्रविधिहरूको प्रदर्शनी गरिएको छ । कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शनी मार्फत जनसमक्ष प्रस्तुत गर्दै स्टलमा प्रदर्शनमा राखिएका थिए ।

अतिथिहरूले कृषि विकास नै समृद्धिको आधार भएको उल्लेख गर्दै आधुनिक कृषि प्रणाली र नवप्रविधिको प्रयोगमा कृषकहरूलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाए।  नगरपालिकाको कृषि गतिविधि, तालिका र जानकारी समेटिएको पात्रो विमोचन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कार सहित सम्मान गरिनुका साथै कृषि सम्बन्धी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो।

कार्यक्रमले नगर क्षेत्रका कृषकहरूबीच आपसी सहयोग, नविनतम ज्ञानको आदानप्रदान तथा उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। बडमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका पुर्व सांसद लालबहादुर थापा रहेका थिए । त्यस्तै विशिष्ट अतिथि जिल्ला समन्य समितिका प्रमुख तुलसिराम राेकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन कृषि शाखाका रमेश विकले गरेका हुन् ।


प्रकाशित मिति: ४ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार