
बाजुरा: दलहरुबीचको आपसी सहकार्य र समृद्विको नारा दिएर बाजुराको बुढीगंगा नगरपालिकाले विकास कचहरी आजदेखी सुरु हुने भएकाे छ । पालिकाको समृद्वि र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न लागेको हो । आजबाट २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
आज बिहान ११ बजेबाट सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नगर प्रमुख बाँनियाले बताएका छन् । बाजुरामा सङ्कट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् ’ त्यही कुराको सुरुवादीका लागि कार्यक्रम गर्न लागिएको दाबी पालिकाको छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने उनले बताए । आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने कार्यक्रम आयोजना गरिएको प्रमुख बानियाको भनाइ छ ।
बहसमा प्रमुख राजनीतिकदलबाट संसद र सरकारमा रहेका सहभागी नेता र बौद्विक व्यक्तित्वको सहभागी रहने पालिका उपप्रमुख माया खड्का कुवँरले जानकारी दिएकी छन् । केही फरक सन्देश र विकासमा दलीय सहकार्य गर्ने गरी गर्न लागिएको काम प्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: २८ बैशाख २०८२, शनिबार