५ जेष्ठ २०८२, शनिबार

बाजुराका स्वास्थ्य संस्थामा रेबिज बिरुद्धको खोप अभाव


बाजुरा: जिल्ला अस्पताल लगायतका बाजुराका अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिज रोगविरुद्धको खोप अभाव भएको छ । जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क रुपमा दिईने खोप मध्यको रेबिज बिरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप एक हप्तादेखी अभाव भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराले आफ्‌नो आधिकारीक सामाजिक संजाल फेशबुकमा सुचना जारी गर्दै रेबिज बिरुद्धको खोप अभाव भएको जनाएको छ ।

अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र धनगढीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा खोप प्राप्त नभएकोले सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
May be an image of ticket stub and text


प्रकाशित मिति: २४ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार