
बाजुरा– शिक्षाले जिवन बँचाउछ, आपतकालिन अवस्थामा शिक्षाको रक्षा गरौँ भन्ने मुल नाराका साथ बाजुरामा पनि शिक्षाका लागि विश्वब्यापी कार्यसप्ताह बिभिन्न कार्यक्रम गरि मनाइएकाे छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल जिल्ला शाखा बाजुराले सुरु गरेकाे सप्ताहब्यापी कार्यक्रम अन्तरगत पत्र अभियान कार्यक्रम समेत संचालन गरेकाे हाे । एनसिइ नेपाल जिल्ला शाखा बाजुराले सदरमुकाम मार्तडी र गाैमुल गाउँपालिकाकाका बिभिन्न बिध्यार्थीलाइ पालिका प्रमुखलाइ सम्बाेधन गरि मैले चाहेकाे शिक्षा बिषयमा चिठी लेखन र पालिकाका जनप्रतिनिधीसग अन्तरकृया कार्यक्रम गरि मनाएकाे एनसिइ बाजुराका अध्यक्ष मदनराज जैशीले बताए । बैसाख १५ गते नागरिक भेलाको कार्यक्रम गरि सप्ताहको सुरु गरेकोशिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल जिल्ला शाखा बाजुराले गाैमुल गाउँपालिका र बडिमालिका नगरपालिकाका बिध्यार्थीलाइ चिठी लेखेर साे चिठीहरुकाे सारमा आएका कुराहरुलाइ समेटेर पालिका प्रमुखहरु लाइ ध्यानाकर्षण गराएकाे अध्यक्ष जाेशीले बताए ।
संविधानको मौलिक हकका रुपमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले शिक्षामा विनियोजित गरी सुशासन कायम हुनुपर्ने भन्ने आवाज सहित देशभर १५ गतेबाट एक सातासम्म अभियान संचालन गरिएकाे थियाे । बैसाख १५ गते देखी २२ गते सम्म संचालन हुने सप्ताह ब्यापी कार्यक्रममा बाजुराले सरकारलाई पत्र अभियान समेत संचालन गरेकाे थियाे । सप्ताह ब्यापी कार्यक्रम अन्तरगत आइतबार गाैमुल गाउँपालिकामा पत्र अभियान संगै जनप्रतिनीधी र सराेकारवाला संग छलफल गरिएकाे थियाे ।
साे कार्यक्रम अन्तरगत साेमबार बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्कालाइ ध्यानकर्षण पत्र बुझाउनुका साथै जनप्रतिनीधी र सराेकारवाला पक्ष सग छलफल कार्यक्रम गरिएकाे शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष जाेशीले बताएका छन । यो अभियानले यसप्रति सरकार र सम्बद्ध निकायलाई जवाफदेही र उत्तरदायी बनाउने अपेक्षा लिएको अध्यक्ष जोशीको भनाई रहेको छ ।
त्यसै गरि पालिकामा आपतकालिन अवस्थामा नियमीत कक्षा संचालन, पालिकाले बनाउने शैक्षिक कार्यबिधी, निती तथा कार्यक्रम बारे पालिकास्तरमा छलफल संबिधानमा उल्लेख भएको शिक्षाको हकलाई कार्यान्वयन छलफल तथा बहस कार्यक्रम गरि साप्ताहब्यापी कार्यक्रम समापन गरिएकाे अध्यक्ष जाेशीले बताए ।
सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएकाले त्यसलाई पछ्याउँदै यो सप्ताह मनाउन लागिएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले जनाएको छ । शिक्षाका लागि विश्वव्यापी अभियानले नेपाल सहित करिब १ सय ५० मुलुकमा एकैसाथ यो सप्ताह मनाउन सुरु गरेको छ ।
शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालकाे साे अभियानमा बाजुरा जिल्लामा रहका गिफ्ट नेपाल, मानव संसोधन केन्द्र (एचआरसी) बाजुरा लगायतका संस्थाहरुले आर्थिक भौतिक सहयोग गर्ने बताएका छन ।
प्रकाशित मिति: २४ बैशाख २०८२, मंगलवार