२० जेष्ठ २०८२, आईतवार

बुढीगंगाको समृद्धिका लागि विकास कचहरी हुँदै


बाजुरा: बुढीगंगा नगरपालिकाले विकास र संवृद्धिको लागि विकास बहस सुरु गर्ने भएको छ । सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र संवृद्धिको अघि बढाउन “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको हो ।

आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानियाले जानकारी दिए । जिल्लाको विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याउने कार्यक्रमको योजना रहेको छ ।

‘बाजुरामा समस्या मात्रै छैन समस्या भन्दा धेरै सम्भावना छ । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ । बाजुरामा सङ्कट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् ’ मेयर बानियाले भने ‘हामीले सम्भावना, एकता अपनत्व र अवसर देखाउन कार्यक्रम आयोजना गर्न लागेका हौँ । ’

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने उनले बताए । आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने कार्यक्रम आयोजना गरिएको मेयर बानियाको भनाइ छ । ‘अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र सङ्कल्पसहित कार्यक्रम आयोजना गरिएको हो ’ उनले भने, ‘जिल्लामा यस्तो कार्यक्रम पहिलो र नयाँ हो । ’

बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने छ । विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने छ ।

स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद गर्ने तयारी छ । सबै राजनीतिक दललाई विकास र संवृद्धिको विषयमा एक ठाउँमा ल्याउन कार्यक्रमले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

May be an image of text that says 'हार्दिक निमन्म्रणा Invitation "समृद्दधको आधारका लागि बुदीगंगा विकास कचहरी २०८१" Karnali "शिक्षा, स्वास्थ्य, कृषि, पर्टन र पूर्वाधार, सुरक्षित र समृद बुढीयंगा विकासको आधार" बुढीयंगा नगरपालिकाले आयोजना गरेको समृद्दिको आधारका लागि बुढीगंगा विकास कचहरी-੨२ तपसिलको मिति, स्थान र समयमा हुने भरकोले यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गरिन्छ| मिति: २०८२ बैशाख ၃၆, २८ र २९ गते स्थान: बुढीगंगा नगरपालिका बाजुरा समय: 99 बजे आयोजक: बुढीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुल्देवमाण्डी, बाजुरा'

 


प्रकाशित मिति: २४ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार