२७ बैशाख २०८२, शुक्रबार

बुढीगंगा ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


बाजुरा : बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ । पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले जानकारी दिएका छन् ।

१० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ । सोही क्रममा बुढीगंगा नगरपालिका ६ को सार्वजनिक सुनुवाइ सञ्चालन गरिएको छ । वडा अध्यक्ष हेमराज जैशीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियाे ।

नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजिकरण गरिएको कार्यक्रमका सहभागिले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् । सहभागिहरुले टोल र बस्ती स्तरका समस्यालाई बिशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् ।

शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पुर्वाधार सुरक्षित र समृद्ध विकास भन्ने मुल नारा सहीत कार्यक्रम आयोजना गरिएको हो । गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । कालोपत्रे भइरहेको सडकलाई गति दिन र सबैबस्तीलाई सडक सञ्जालमा जोड्न पनि सुझाव सहभागिले दिएका छन् । वडाले किसानका बारी, प्राबिधिकको छहारि सहीत उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर गतिविधि अघि बढाइरहेको छ ।

 


प्रकाशित मिति: ७ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार