२४ बैशाख २०८२, मंगलवार

बडीमालिका नगरपालिका ५ का भूमिहीनलाई निस्सा वितरण


बाजुरा:  बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ५ का भूमिहीनलाई निस्सा वितरण गरिएको छ । बिहीवार वडाका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको हो । भुमि समस्या समाधान आयोग बाजुराको समन्वय तथा वडा कार्यालयको आयोजनामा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण गरिएको जनाएको छ ।

त्यस्तै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन सम्बन्धी कार्यविधि २०८१ को दफा ५ को खण्ड (घ) को अनुसूचि ६ बमोजिम निस्सा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाजुराका अध्यक्ष जनक रोकायाले बताए ।

उनले वडाका ६४ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको बताएका छन् । त्यस्तै भूमिहीन सुकुमवासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा–जमिन नभएको तथा आफ्नो आय आर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने व्यवस्था रहेको अध्यक्ष रोकायाले बताए ।
वडा अध्यक्ष धरमपाल मिजारको अध्यक्षतामा सञ्चालन भएको निस्सा वितरण कार्यक्रममा प्रमुख अतिथि भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्ष जनक रोकाया रहेका थिए । त्यस्तै बिशिष्ट अतिथि वडा नम्बर २ का अध्यक्ष डम्बर महत, जिल्ला समन्वय सममिति सदस्य लक्ष्मि साउँद ,वडा सदस्य , वडा सचिव लगायत सहभागी थिए ।


प्रकाशित मिति: ५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार