१० बैशाख २०८२, मंगलवार

बाजुरा त्रिबेणी नगरपालिकाकाे किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


बाजुरा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरास्थित त्रिवेणी नगरपालिकाको किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीहरूले कामभन्दा बढीको बिल बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानि पुर्‍याएको पाइएको अख्तियारले जनाएको छ ।

तत्कालीन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूसमेत संलग्न छन् । आयोगले उनीहरूलाई कडा सजायको माग गरेको छ । प्रवक्ता राजेन्द्र पौडेलले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने बताए ।

No description available.
No description available.


प्रकाशित मिति: २ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार