२७ चैत्र २०८१, बुधबार

उत्पीडित जातीय मुक्ति समाज बाजुराको जिल्ला अधिबेशन सम्पन्न


बाजुरा: नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ हिजाेदखी सुरु भएकाे अधिबेशन  सम्पन्न भएकाे हाे  ।

साे अधिबेशनबाट  बिर्ख सुनार अध्यक्ष रहने गरी अधिबशेन  सम्पन्न भएकाे नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराले जनाएकाे छ । उपाअध्यक्षमा लछि वि.क. र रतन नेपाली रहेका छन । सचिवमा  हरिकेश नेपाली, काेषाध्यक्षमा नर्मा बि क, उप सचिव  हर्क बहादुर बि क  र उप सचिव  नरजन कामी निर्बिराेध निर्बाचित भएका छन ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?