३ बैशाख २०८२, मंगलवार

बाजुरा प्रहरीले अर्कै व्यक्ति लाई गाई पाल्न जिम्मा


बाजुरा: प्रहरीले गाई खोजेर सोमबार बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको छ।
बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईको खोज तलास गरी स्थानीय प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको   बताए।
‘हामीले गाईको खोज तलास गर्‍यौं,’ उनले भने, ‘गाईलाई त्यस्तो गम्भीर चोट पटक देखिएन। त्यही भएर प्रहरीले सल्लाह गरी स्थानीय एक परिवारलाई पाल्ने गरी जिम्मा लगाएको हो।’
परम्पराका नाममा निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्नेहरूमध्ये अधिकांश किरिया बसेको हुँदा सोमबार नै नियन्त्रणमा लिन नसकेको डिएसपी गिरीले बताए।
‘गाईमाथि कुटपिट गर्नेमध्ये अधिकांश किरिया बसेको पाइयो,’ उनले भने, ‘किरिया बसेकाहरूलाई प्रहरीले उठाउन मिल्दैन त्यही भएर प्रहरी फर्केर आएको हो।’ चैत ९ गते किरियाको काम सकिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिने प्रहरीले जनाएको छ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार