
बाजुरा: सामुदायिक बन उपभोक्ता समुहको लेखा ब्यबस्थापन गर्न लेखा अभिलेख ब्यबस्थापन तालिम संचालन गरिएको छ । बाजुराका सामुदायिक बनहरुको लेखा प्रणाली सुधार गर्न सामुदायिक बन उपभोक्ता महासंघ बाजुराको आयोजनामा संचालन गरिएको हो ।
फागुन २९ गते देखी चैत्र ३ गते सम्म संचालन हुने तालिममा जिल्ला स्थित बिभिन्न सामुदायिक बनका पदाधिकारी सो तालिममा सहभागी रहेका छन । बनको दिगो व्यबस्थापन सामुदायीक अधिकार, समाबेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मुल नाराका साथ सदरमुका मार्तडी स्थित दृष्टी होटलको हलमा सो तालिम संचालन गरिएको सामुदायीक बन उपभोक्ता महासंघ जिल्ला महासंघ बाजुराले जनाएको छ । सामुदायिक बन उपभोक्ता महासंघ बाजुराको आयोजना तथा एन्साव नेपालको आर्थिक तथा प्राबिधीक सहयोगमा सो तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समय सामुदायिक बनको ब्यतिथी र जवाफदेहीतामा कमि भएकोले यो तालिमले समुहको पारदर्सितामा समेत प्रश्न उठ्ने गरेकोमा यो तालिमले सामुदायिक बन समुहको लेखा प्रणालीमा सुधार गर्न सो तालिमको आयोजना गरिएको सामुदायिक बन उपभोक्ता महासंघ बाजुराका अध्यक्ष सिता बराल थापाले बताएकी छन ।
त्यसै गरि सो तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाले आथिए पारदर्सिता नै समाजको ऐना भएकोले यो तालिमपश्चात सामुदायिक बन समुहको लेखा प्रणाली सुधार हुने बिस्वास लिएको बताएका छन । सामुदायिक बनमा भएको आर्थिक अनियमिततालाई न्युन गर्न यो तालिम महत्वर्पुण रहेको उनले बताए ।
चार दिन सम्म चल्ने सो तालिमको औपचारीक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ बाजुराकी अध्यक्ष सिता बराल थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए । सामुदायिक बन उपभोक्ता महासंघ बाजुराका उपाअध्यक्ष अर्जुन रोकायाले संचालन गरेको कार्यक्रममा डिभिजन बन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसी बिशिष्ठ अतिथि रहेका थिए । अतिथिहरुमा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य शेर बहादुर शाही, एन्साव नेपालका अधिकृत संगम हमाल लगायत रहेका थिए । ४ दिन सम्म संचालन हुने सामुदायीक बन उपभोक्ता समुहको लेखा अभिमुखीकरण तथा लैङ्कि समानता सम्बन्धी तालिमको प्रशिक्षकको रुपमा सामुदायीक बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य शेर बहादुर शाही लगायतले प्रशिक्षण गर्ने भएका छन ।
प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार