१० जेष्ठ २०८२, बिहीबार

स्वामीकार्तिकमा तालाबन्दी कायमै


बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी कायमै रहेको छ । स्थानीयले अध्यक्ष भरत रोकायामाथि भ्रष्टाचार आरोपको छानबिन गर्न माग राखेका छन् ।

अध्यक्ष रोकायाले विधि प्रक्रिया विपरीत मनोमानी शैलीमा पालिका चलाएको र कमिसनको लोभमा डुबेको आरोप उनीहरूको छ । अध्यक्ष रोकायामाथि २ वर्षयता आर्थिक अनियमितता र कमिसनको आरोप लागेको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार