
बाजुराकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ । आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर नष्ट भएका छन् ।
भेडीगाेठमा चुलोमा आगो बलिरहेकाे बेला एकाएक चलेकाे हावाहुरीले आगलागी हुँदा चार भेडा सहित भेडीगाेठमा रहेका अन्य मालसामान जलेर नष्ट भएकाे जगन्नाथ गाउँपालिका १ का वडाअध्यक्ष गणेशराज गिरीले बताएका छन् ।
आगलागिबाट भएको क्षतीको विवरण संकलन गर्न प्रहरी सहितको टोली घटनास्थलमा गएको वडाअध्यक्ष गिरी बताएका छन् । आगलागिबाट भएकाे क्षति विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार