१ बैशाख २०८२, आईतवार

मुक्तिकोट खाद्य डिपो निर्माणको ठेक्का प्रक्रिया रद्ध


बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटमा खाद्य डिपोको भवन निर्माणको ठेक्का प्रक्रिया रद्ध भएको छ । ठेक्का प्रक्रिया स्वीकृतको अन्तिम चरणमा विवाद भएपछि रद्ध गरिएको हो ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले खाद्य डिपोको भवन निर्माणको विवाद भएपछि कार्यपालिकाको बैठकबाट ठेक्का प्रक्रिया रद्ध गरिएको बताए । चालू आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट खाद्य डिपोको भवन निर्माण गर्न ५ करोड रुपैयाँको लगानीमा गाउँपालिकाले ठेक्का गरेको थियो ।

सोही खाद्य भवनको ठेक्का प्रक्रिया समयमा कार्यान्वयन नगरेको भन्दै त्याँहाका केही स्थानीयले साेमवार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?