२० असार २०८२, शुक्रबार

हिमालीमा विधुत लाईन विस्तार गरिदै


हिमाली गाउँपालिका–६ धिममा विद्युतको लाइन विस्तार गरेको छ । विधुत लाईनलाई विस्तार गर्दै कामलाई तिव्रता दिएको हो । विगत लामो समयदेखि अहिलेसम्म गाउँमा सोलार प्रयोग गर्दै आएका नागरिकलाई विधुत विस्तार भएपछी सजिलो हुनेभएको गाउँपालिकाले जनाएको छ ।

images

कवाडी खोला लघु जलविद्युत आयोजनाबाट सञ्चालित विद्युतको लाइन अहिले गाउँ भित्र लाइन विस्तार हुदैछ । गाउँमा विद्युत लाइन विस्तार भैईसकेपछी बिजुली झिल्ली मिली हुने आशा पलाएको स्थानीय बिष्णु बुढाले बताएका छन् । यहाँका स्थानिय नागरिकहरु पुखौँ देखि गाउँ घरमा काठको झरोलाई प्रयोग गदै आएका छन् ।

अहिले घरको दैलोमा विद्युतको पोल गाड्ने देखि लाइन तान्ने काम तिव्र हुँदा गाउँका अधिकास स्थानीय खुशी व्यक्त गरेको बुढाले बताएका छन् । उहाँले बताउनुभयो, “ धिम गाउँमा आजभोलि विद्युतको लाइन विस्तार गर्ने काम भैरहेको छ । विद्युत घरमा जडान गर्नका लागि घरधुरी अनुसार फर्म भर्ने कार्य अहिले निरन्तर चलिरहेको छ । बत्तीको लाइन तान्ने काम पनि अगाडि बढेको छ । मुख्य लाइन तारको काम जति छिटोछरितो भयो बिजुली बाल्ने उद्देश्यले काम अहिले भैरहेको छ ।

अहिले घरमा विद्युतको लाइन जडान संगै घरमा कालो तार जडान गर्नका लागी फर्म भर्ने काम चलिरहेको छ । हिमाली गाउँपालिका – ६ को धिम र बोल्डिक गाउँमा करिब पाँच सय घरधुरी बत्ती सेवा लिने भएको छ । अब फागुन मसान्तसम्म बिजुली उज्यालो गर्ने तरिकाले काम अगाडि बढिरहेको कवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन बिष्णु बहादुर कार्कीले बताएका छन ।

हिमाली गाउँपालिका उज्यालो बनाउने अभियान निर्वाचन भएदेखि अहिलेसम्म आफू लागिपरेको छु । “अहिले हिमाली गाउँपालिका वडा नम्बर ४,७ र ५ क्यूडी गाउँ बाहेक अरु सबै गाउँ बस्तीमा बिजुलि पहुँचमा ल्याएको छ । वडा ६ को पाँडी गाउँमा विद्युत पहुँचमा आएको छ । वडा नम्बर १,२ र ३ वडामा काधुरी संस्थाको सहयोगमा वडा नम्बर २ स्थित नातिखोला लघु जलविद्युत आयोजनाबाट १ सय १३ किलोवाट विद्युत उत्पादन गर्ने काम भएको छ ।“ यही आउदो जेष्ठ महिनासम्म बिजुली सञ्चालन गर्ने हिसाबले काम अहिले भैरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

क्यूडी गाउँमा पालिकाको बजेटले नसकिने हुँदा काधुरी संस्था संग सहकार्य गरि अबको एक वर्ष भित्र बिजुली पु¥याउने उद्देश्यले काम सञ्चालनमा आएको छ । वडा नम्बर ६ को धिम र बोल्डिक गाउँमा विद्युत सञ्चालन गर्नका लागी अहिले बत्तीको लाइन विस्तार गर्ने काम गरिरहेका छन । अबको केही महिनापछि बिजुली सुचारु गर्नका निम्ति आफू लागिपरेको छु ।

हिमाली गाउँपालिका उज्यालो बनाउने अभियानमा २०७४ को निर्वाचित भएपछि पुनः पालिका अध्यक्षमा दोहोरिएको दिनदेखि आफू उज्यालो हिमाली समृद्ध हिमाली बनाउन आफू अहिलेसम्म निरन्तर लागिपरेको अध्यक्ष मल्लले बताएका छन । ’चुनावमा जनता संग गरेका बाचा अनुसार आफूलाई दिएको जिम्मेवारी काधमा थपिएको काम कर्तव्य निभाउन रातदिन लागेको छु ।’ पालिकाको विकासको मुहार फेर्न तिर स्थानीय तह लम्केर अगाडि बढेको छ ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार