बाजुरा : बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैनथ्यो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए । पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेको छ । कतिपय व्यापारीले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् ।
अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रुपमा लिने गरेकोले पछिल्लो समय कोदोको निकै माग बढेको छ । जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिरसमेत कोदो बिक्री भएको छ । गत मङ्सिरदेखि पुस २ गते सम्म झण्डै एक हजार दुई सय क्वीन्टल भन्दाबढी कोदो जिल्ला बाहिर निर्यात भएको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैशीले बताए ।
उनले भने, “बाजुरादेखि झण्डै बाह्र सय क्विन्टलभन्दा बढी कोदो जिल्ला बाहिर निर्यात भएको छ भने अझै कोदो गाउँदेखि बजारमा आउने क्रम जारी छ । अहिले एक किलोको २५ देखि ४० रुपियाँमा दिने गरेको छ ।” माथिलो क्षेत्रमा के कती कोदो बिक्री भएको छ । त्यो मलाई थाहा छैन । तल्लो क्षेत्रका बुढीगङ्गा त्रिवेणी खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँ बस्तीबाट भने बाह्रसय भन्दाबढी कोदो यहाँदेखि बाहिर गएको जैशीले बताए।
बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, खापर रबुढीनन्दा नगरपालिकामा पनि कोदो राम्रो उत्पादन हुने गर्दछ । यहाँका अधिकाशं ठाउँमा हिउँदको महिना भोकमरी हुने सम्भावना देखिने भएकोले कोदोलाई गाउँमै प्रयोग गर्नै र बाहिर लिन नदिएको जगनाथ गाउँपालिका कृषि शाखा प्रमुख निवेश कटेलले बताए। विभिन्न ठाउँमा कोदो उत्पादन हुने गरेको छ । अहिले देश विभिन्न होटलमा अर्गानिक खानाको माग बढेको छ । यहाँ पनि अगार्निक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् ।
यहाँ दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमा पाँच हजार दुइ सय पचास हेक्टर जमिनमा कोदो खेती गरिन्छ भने छ हजार तीन समय मे।टन कोदो उप्पादन हुन्छ । यसमा १.२ मेट्रिन उत्पादकत्व रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए।
प्रकाशित मिति: २१ पुष २०८१, आईतवार