७ पुष २०८१, आईतवार

हुम्लाकाे दुर्गमका आमा जोगाउने बाजुराकी चेली अनिता


बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी बन्ने रहर भएपछि परिवारले समेत उनको इच्छ्या पुरा गरिदियो ।

गाउँबाट एसएलसी सम्मको पढाई सकेर उनी अनमी पढ्न जिल्ला बाहिर गईन् । अनमी पढाई सकेर घरमा बसेकी उनलाई तत्कालिन समयमा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना (आरभिडव्लुआरएमपी) र गिफ्ट नेपालमा जागिरको अवसर मिल्यो । उनी जागिरकै सिलसिलामा बाजुराकै दुर्गमा रहेको साविकको गोत्री गाविसमा स्वास्थ्यकर्मी भएर सेवा दिएकी थिइन् ।
तत्कालिन समयमा गैरसरकारी संस्थाको परियोजना सकिएपछि उनलाई जिल्ला अस्पतालमा पोषणका क्षेत्रमा स्वास्थ्यकर्मी भएर काम गर्ने अवसर मिल्यो । जहाँ ८ वर्ष उनले गरिव विपन्न परिवारका नागरिकहरुको उपचारमा निरन्तर लागिरहिन् ।

काम गर्दै जाँदा ८ वर्ष वितेपछि उनी घरमा १ वर्षको छोरालाई छाडेर स्टाप नर्स पढ्नका लागि दिपायल गएकी थिईन् । उनले एकवर्षको छोरालाई श्रीमान धनबहादुर रावलसंग छाडेर ३ वर्षे स्टाप नर्सको पढाईसकेकी थिईन् । बुढीगंगा ७ घर भएकी अनिताको पोइलीघर बडीमालिका नगरपालिका ८ हो ।

स्वास्थ्यकर्मी बन्ने इच्छ्यालाई पुरा गर्न श्रीमानको भरपुर सहयोग मिलेपछि स्वास्थ्यकर्ममा निरन्तरता दिन उर्जा मिलेको अनिताको भनाई छ । काखको १ वर्षे दुधे बालकलाई श्रीमानका साथ छाडेर स्वास्थ्यकर्मी बनेकी अनिता अहिले दुर्गमका विरामी आमाहरुको जीवन रक्षाका लागि भगवान सावित जस्तै बनेर काम गरिरहेकी छन् । उनि कार्यक्षेत्रमा मात्रै नभएर गाउँगाउँमा पुगेर स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्यक्रम समेत गरिरहेकी छन् ।

जिल्ला अस्पताल बाजुरामा लामो समयसम्म काम गरेकी अनिता २०७९ सालदेखि कर्णाली प्रदेशबाट अनमी पदमा सिफारिस भएर हुम्लाकाको ताँजाकोट गाउँपालिकामा रहेको मैला स्वास्थ्य चौकीमा २ वर्षदेखि कार्यरत रहेकी छन् ।

मैला स्वास्थ्य चौकी दुर्गमा रहेको र सिमित श्रोत साधानका विच उनले आफ्नो सेवामा तल्लिन भएर स्वास्थ्य सेवा दिईरहेकी छन् । अनिताको अथक प्रयासबाट ‌म‌ंसिर २८ गतेका दिन एकजना गर्भवति महिलाको ज्यान जोगिएको छ ।

दुर्गममा रहेको मैला स्वास्थ्य चौकीमा आउने हरेक गर्भवति आमाहरुले उनलाई नै चेकजाँच गराएर सेवा लिने गरेका छन् । दुर्गमको स्वास्थ्य चौकीमा सितित श्रोत साधानका बावजुत पनि अप्ठेरोमा रहेका विशेषतः गर्भवति र सुत्केरी महिलाहरुको ज्यान रक्षाका लागि उनको कर्मबाट सहयोग पुगेपछि यहाँका नागरिकहरु सन्तुष्टी भएका छन् ।

दुर्गममा रहेर अनिताले सेवा लिन आउने गर्भवति र सुत्केरी आमाहरुको ज्यान रक्षाकै लागि दिनरात नभनि सेवा दिइरहेकी छन् । उनी भन्छन् गर्भवति र सुत्केरी महिलाका लागि खाई नखाई जोखिम लियर काम गर्नुपर्छ तर पनि नेपाल सरकारको तलब बाहेक अरु केही थप सुबिधा छैन ।

अनिताको एक सफलयोग्य कामः

४ दिन अगाडि अर्थात मसिंर २८ गते शुक्रबार रातिको कुरा हो, हुम्ला जिल्ला ताँजाकोट– ३ कि २२ वर्षिय मर्मा सार्कीलाई घरमा सुत्केरी बेथाले च्यापेपछि उनका आफन्तहरूले अनिता कार्यरत रहेको मैला स्वास्थ्य चौकीमा पुर्याएका थिए । ३ अघि मात्र मैला स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गर्न आएकी मर्मा सार्कीलाई अनिताले भिडियो एक्सरे गरेर स्वास्थ्य परिक्षण गरेकी थिईन् ।

मर्माको स्वास्थ्य चेकजाँच गर्दा बच्चा उल्टो र बच्चाको टाउकोमा पानी जमेर ठुलो भइसकेको थियो । अनिताले मर्माको स्वास्थ्य अवस्था जटिल देखेपछि राति नै सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेकी थिईन् ।
तर मर्माका आफन्तहरुले उनको जटिल अवस्था हुँदा हुँदै घरमा लिएर बसेछन् उनले भनिन् । दुर्गमका गर्भवती आमालाई जहिले पनि जोखिम् हुने हुँदा समयमै सुविधा सम्पन्न अस्पताल जान परामर्श गरेपनि गरिवी र अशिक्षाका कारण उनीहरु जान नमान्ने गरेको अनिता बताउँछिन् ।

दुर्गम अनि आफ्नो स्वास्थ्यको समेत यहाँका महिलाहरुले वास्ता गर्दैनन् । एकातिर दुर्गम गाउँका स्वास्थ्य संस्थाबाट भनेको समयमा यातायातको सहज ब्यबस्था हुँदैन अर्कोतिर स्वास्थ्य संस्थामा सिमित श्रोत साधन र उपकरण हुने भएकोले समस्या समाधान गर्न निकै गाह्रो हुने गरेको छ ।

मर्मा सार्कीको अवस्था पहिल्यै थाहा पाएकी स्वास्थ्यकर्मी अनिता थापाले भनिन् जसरी हुन्छ बच्चा जे भएपनि आमालाई बचाउनु पर्छ भन्ने मनमा लागिरहेको थियो ।

छिटो छिटो हुम्लाबाट बाजुराको कोल्टी अस्पतालमा लगेर आमालाई बचाउन पर्छ भन्ने उदेश्यले बेथाले च्यापेकी सार्कीलाइ अनिता सहितको टोलीले बिरामीलाई कोल्टी अस्पतालमा पुर्याएका थिए । उनले कोल्टी स्वास्थ्य चौकीमा आमा र बच्चा बचाउन सफल भएको नर्स अनिताले बताईन । नर्स थापाले भनिन् आफू र कोल्टी अस्पतालमा कार्यरत डाक्टरको सहयोगमा बच्चा बचाउन नसके पनि आमाको ज्यान जोगाउन सफल भयौ ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?