७ पुष २०८१, आईतवार

बाजुराका खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु


बाजुरा : बाजुरामा खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ ।

नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ मार्तडी र कोल्टीबाट एकसाथ बिक्रीवितरण सुरु गरिएको खाद्य संस्थान शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् । उनका अनुसार मार्तडी शाखा र कोल्टीमा २०।२० क्विन्टल चिनी पुगेर बिक्रीवितरण कार्य सुरु भइसकेको छ ।
हाल मार्तडी बजारमा चिनीमा प्रति केजी १ सय २० रहेकोमा मार्तडी खाद्य कार्यालयबाट १ सय १५ रुपैयाँमा चिनी बिक्रीवितरण भइरहेको उनले बताए । त्यस्तै कोल्टी बजारमा चिनीमा प्रति केजी १ सय २३ कायम रहेकोमा कोल्टी खाद्यबाट १ सय १८ रुपैयाँमा बिक्रीवितरण हुने गरेको छ ।

बजारमा चिनीको मूल्य आकाशीएका बेला खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण भएपछि स्थानीयबासी खुसी भएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?