७ पुष २०८१, आईतवार

मार्तडीमा अटो दुर्घटना हुँदा तीन जना घाईते


बाजुरा: सदरमुकाम मार्तडीमा अटो दुर्घटनामा परेको छ । साँफे मार्तडी सडकखण्डको कारागार स्थित बीरेखोलाबाट सदरमुकाम मार्तडी तर्फ आउदै गरेको सु.प.प्र.०१–००१ ह ६४८५ नम्बरको अटो अचानक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ  ।

अटो दुर्घटनामा परेर चालक सहित तीन जना घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका नगरपालिका–८ बीरेखोला बस्ने अटो चालक २३ वर्षीया गोबिन्द साउँद, सोही वडाको रापक बस्ने २० वर्षीया प्रकाश रावल र उक्त वडाका २१ वर्षीया दीपेन्द्र रावल रहेका छन् ।

उनीहरु तीनै जनाको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । सडकबाट अटो करिब २ सय मिटर तल खसेको हो । घाईतेहरुको अवस्था समान्य रहेको बताईएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?