७ पुष २०८१, आईतवार

गौमुल गाउँपालिकामा निःशुल्क आँखा शिबिर, १ हजार भन्दा बढीकाे उपचार


बाजुरा: गौमुल गाउँपालिकामा निःशुल्क आँखा परीक्षण  शिविर संचालन गरिएकाे छ  शिबिरमा १ हजारभन्दा बढीले सेवा पाएका छन् । अन्धोपन न्युनीकरण गर्ने उद्देश्य सहीत तीन वटा वडामा सञ्चालन गरिएको शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा परीक्षण गराइ सेवा लिएका छन ।

गौमुल गाउँपालिकाको समन्वय तथा जिल्ला आँखा अस्पताल केन्द्र बाजुराको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको गाैमुल गाउँपालिकाले जनाएकाे छ । आर्थिक अभाव लगायत विभिन्न कारणले अस्पताल सम्म नगई न्युनदृष्टिको समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चान गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।

शिविरमा वडा नंं.३ मा २ सय ४५ जना, वडा नं.४ मा ३ सय ७५ र वडा नंं.५ मा ३ सय ८६ गरी जम्मा १ हजार ६ जनाको आँखा परीक्षण गराएको स्वास्थ्य शाखा प्रमुख विकले बताए । ती मध्ये २० जनालाई चस्मा वितरण गरिएको छ । भने १२ जनालाई रिफर गरिएको  स्वास्थ्य शाखा प्रमुख विकले बताए । बाकी रहेका वडा १, २ र ६ नम्बर वडामा समेत केही दिनपछि निःशुल्क आँखा परीषण शिविर सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकले बताएका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?