७ पुष २०८१, आईतवार

बाजुरामा उत्पादित कागती काठमाण्डौं पुग्यो


बाजुरा: जिल्लामा उत्पादन भएको कागती काठमाण्डौमा निर्यात गरिएको छ । बाजुरामा बजार नपाएपछी बाजुराकाे कागती काठमाण्डौ पठाईएको हो । बाजुराको जगन्नाथ गाउँपालिका-३ मनिकाँडाबाट मात्रै ४० कुईन्टल कागती काठमाण्डौं पुगेको छ ।

जगन्नाथ गाउँपालिका -३ का कृषकहरुको बारीमा यस वर्ष विगतको बढी कागती उत्पादन भएपछी बाजुरामा बजार र उचित मुल्य नपाउने भएपछी काठमाण्डौ पठाएको कृषकहरुले बताएका छन । बाजुरामा कागती विक्री गर्न बजार नपाइएको खवरपछी बाजुराका मनोज ठकुरी लगायतका युवाहरुले गाउँबाट करिव ४० क्वीन्टल कागती खरिद तथा ढुवानी गरेर काठमाण्डौंमा विक्रि वितरण गरिरहेका छन् ।

बाजुरामा उत्पादित कागती अहिले कागठमाण्डौंको बुढानिलकन्ठ लगायतका ठाउँहरुबाट विक्रि वितरण भईरहेको मनोज ठकुरीले बताएका छन् । कृषकको बारीबाट आफुहरुले प्रतिकेजि ३५ का दरले खरिद गरेको र ढुवानी सहित काठमाण्डौंमा प्रतिकेजि १ सय रुपैँयाका दरले कागती विक्री वितरण भईरहेको ठकुरीले बताएका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?