बाजुरा: बाजुराकाे काेल्टी क्षेत्रमा इन्टरनेटकाे पहुँच पुर्याउनका लागि नेपाल टेलिकमकाे अप्टिकल फाईबर नेट बिस्तार हुने भएकाे छ । बुढीनन्दा नगरपालिका लगायत काेल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान गर्न लागिएको हो। अप्टिकल फाईबर नेट बिस्तारका लागि मार्तडी देखि काेल्टी सम्म सर्बे भएकाे छ । नेपाल टेलिकम,ब्याकबाेन प्रशारण निर्देशनालयका उपप्रबन्धक इन्जिनियर पदमराज गुरुङकाे नेतृत्वकाे टाेलीले सर्बेकाे काम सम्पन्न गरेकाे बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताएका छन ।
पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएकको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा बुढीनन्दा नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि भाइबर नेट जडान गर्न लागिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख बाेहराले बताए । ‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै स्पिडको इन्टरनेट हासिल गर्न सकिन्छ वा यसमा धेरै द्रुत गतिमा डाटा ट्रान्सफर हुन्छ भनेर फाइबर नेट जडान गर्न लागिएको हो।’ उनले भने,‘अबको केही समयमै बुढीनन्दा नगरपालिका जडान हुने भएको छ।’
बुढीनन्दा नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने, यसले विद्यालय, सरकारी कार्यालय र नीजि क्षेत्रलाई सेवा लिने नगर प्रमुख बाेहराले बताए। ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडी बढाएको छौं।’ उनले भने,‘अहिलेको सूचना प्रबिधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै भएको बेला नगरपालिकालाइ पनि प्रबिधीमैत्री बनाउने उदेस्यले नगरपालिकाले फाईबर नेटकाे पहल गरेकाे नगर प्रमुख बाेहराले बताए ।
प्रकाशित मिति: ६ मंसिर २०८१, बिहीबार