८ पुष २०८१, सोमबार

शान्ति सुरक्षामा ध्यान दिन प्रजिअ पाध्याको निर्देशन


बाजुरा: प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाको शान्ति सुरक्षा बलियो  बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।  बुधबार ६९ औं प्रहरी दिवस समारोहमा प्रजिअ पाध्याले जिल्लामा हुने विभिन्न घटनाहरुलाई मध्येनजर गर्दै शान्ति सुव्यवस्था कायम हुने गरी तोकिएको कार्यमा खटिन निर्देशन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नेपाल प्रहरीको ६९ औं दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी पाध्याले भौगोलिक विकटाका कारण हुने अपराधिक गतिविधीलाई रोक्न प्रहरीले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लामा कतिपय प्रहरी चौकीहरु भाडामा बस्दै आएको र भौतिक संरचना अभावका कारण पनि नागरिकको सुरक्षामा खटिएर उत्कृष्ट योगदानप्रति धन्यवाद दिएका छन् ।
भौगोलिक विकटता,भौतिक पुर्वाधार अभावमा पनि नागरिकलाई दिएको सेवाप्रति प्रजिअ पाध्याले प्रशंसा गरेका छन् । प्रहरीले नागरिकको सेवामा अनुशासित,मर्यादित भएर  काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  सुदृढ योगदान सहितको सुरक्षा व्यवस्था कायम गरी जिल्लामा हुने अपराधिक क्रियाकलापलाई न्युनिकरणमा प्रहरीको अहम् भूमिका रहेको उनले बताए ।


प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?