८ पुष २०८१, सोमबार

सरस्वती टोल बिकास संस्थाद्धारा शुभकामना आदान प्रदानसंगै बिपन्नलाई खाध्यान्न सहयोग


बाजुरा: बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरस्वती टोलले दशैको शुभकामना आदान प्रदानसंगै वडाका १८ जना बिपन्न तथा गरिवपरिवारलाई खाध्यान्न सहयोग गरेको छ । दशैको बेला बिपन्नको घरमा दशै मनाउन सहयोग होस भन्ने उदेस्यका साथ खाध्यान्न सहयोग गरेको हो ।

टोल समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम संगै खाध्यान्न समेत बितरण गरिएको सरस्वती टोल सस्थाका संयोजक दिपेश कुमार तिमिल्सेनाले बताएका छन । यूके निवासी पुस्पा राईको आर्थिक सहयोगमा सो साम्रगी बितरण गरिएको उनले बताए ।

दशै तथा शुभ-दिपावली २०८१ को पावन अवसरमा विगतका बर्षहरुझै दशैको शुभकामना संगै यस बर्ष पनि सरस्वती टोल विकास संस्थाको समन्वयमा समाजसेवी हाल यूके निवासी पुष्पा राईको सहयोगमा वडाका १८ जना विपन्न गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस छरछिमेकी सरह दशै होस भनेर खाद्यान्न, तेल, नुन वितरण गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । वडा अध्यक्ष पाध्यायले सरस्वती टोल विकास संस्थाले गरेको कार्यको प्रशंसा समेत गरेका छन ।

शुभकामना आदान प्रदान तथा बिपन्न परिवारलाई खाध्यन्न बितरण कार्यक्रमको सरस्वती टोल विकास संस्थाका संयोजक दिपेश कुमार तिमिल्सेनाको अध्यक्षतामा संचालन गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्याय रहेका थिए ।

कार्यक्रमका बिषिष्ठ अतिथि वडा सदस्य लोकेन्द्र रोकाया लगायत राजनितिक दलका प्रतिनिधी रहेका सरस्वती टोल विकास संस्थाले जनाएको छ । सरस्वती टोल विकास संस्थाका सचिव प्रेम धामीले संचालन गरेको कार्यक्रमा वडामा रहेका सबै टोल बिकास संस्थाका प्रतिनीधी लगायत वडावासीको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?