काठमाडौँ : चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू आजदेखि सञ्चालनमा आएको छ। बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।
सहुलियत पसलमा दाल, चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ । यस बर्ष खाद्य व्यापार कम्पनीले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट खाद्यन बिक्रि गर्ने छ। काठमाडौँ उपत्यकामा ४ वटा बिक्री कक्ष हुने छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रति किलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइनेछ। आज असोज ३ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ।
प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार