१२ जेष्ठ २०८२, शनिबार

गौमुलमा अज्ञात व्यक्तिद्धारा कुमारी बैंक तोडफोड


बाजुरा: जिल्लाको गौमुल गाउँपालिकामा रहेको कुमारी बैंक अज्ञात व्यक्तिले तोडफोड गरेको छ ।  राति २ः०० बजेको समयमा बैंक सहित गाउँपालिकाको घटमुनामा रहेका चार वटा पसल समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।   मध्ये रातिको समयमा अज्ञात व्यत्तिले बैंकको मुल ढोका तोडफोड गरेको छ । शाखा बैंकमा रहेको सिसी क्यामरामा देखिए अनुसार उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सिसी क्यामरा जडान गरिएको कम्प्युटर लिएको बैंकले जनाएकाे छ ।

बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनको डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यहीँ मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका तोडफोड गरी बैंक भित्र प्रवेश गरेर बैंकको कम्प्युटर लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक रविन्द्रसिं काकीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पालिका नजिकै रहेको घटमुना बजारका चार पसलमा लत्ता कपडा समेत चोरी भएको बताए ।  बजारमा समेत पसल चोरी भएका छन् । गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५० हजार समेत चोरी भएको अध्यक्ष श्याम रोकायाले बताएका छन् ।
बैंक तोडफोड भएको खबरपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देव चौधरीको टोली घटनास्थलमा गएको छ । बैंक तोडफोड गर्र्ने व्यक्तिको अनुहार  सिसी क्यामरामा  पहिचान भइरहेकाले तत्काल खोजी कार्य गरी पक्राउ गर्न निमित्त प्रहरी प्रमुख कार्कीले बताएका छन् ।  बैंकको मुल ढोका तोडफोड गरी सिसी क्यामरा जडान गरिएको कम्प्युटर चोर्नु बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले बताएको छ । चोरी गर्ने अज्ञात व्यक्तिको प्रहरीले खोजी कार्य सहित अनुसन्धान थालेको छ ।


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार