८ पुष २०८१, सोमबार

बाजुराकाे बुढीनन्दा तीर्थयात्रा सुरु


बाजुरा: धार्मीक आस्थाका शक्ति केन्द्रकाे रुपमा रहेकाे  बुढीनन्दा धार्मिक तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पुजाका लागि धार्मीक तीर्थयात्रा सुरु भएको छ ।

बुढिनन्दा शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता छ । सयाैँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बुढिनन्दा  नगरपालिकाले जनाएको छ ।

मानेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मीक शक्तिकेन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित देशभरिबाट भक्तजनक आउने गरेका छन् । भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् । चारैतिर चट्टान । त्यहीबीचमा गोलाकारमा फैलिएको ताल । उधुमसंग लागिरहने कुहिरो । छिनछिनमा हुने वर्षा । आकाश छोडेर भुई छुन आतुर बादल । यस्ता तमाम विशेषता छन्, बुढीनन्दा तालको ।

४५८१ मिटरको उचाईमा रहेको बुढीनन्दा ताल पर्यटकीय दृष्टिकोणले जति महत्वपूर्ण छ । त्योभन्दा बढि धार्मिक महत्व बोकेको छ, योक्षेत्रले । त्यसैले त कठ्यांग्रिदो चिसो, कष्टकर यात्रा र वर्षाको परवाह नगरी दर्र्शनार्थीहरु खाली खुट्टा पाईला टेक्दा सुखानुभूति गर्छन । हरेक वर्ष जनैपूर्णिमामा बुढीनन्दा क्षेत्रमा लाग्ने मेला र  मेलामा लाग्ने दर्शनार्थीको घुईचोले पनि यसको महत्व दर्शाउछ ।


प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?