७ पुष २०८१, आईतवार

प्रदेश सरकारको उतार चढावले बाजुराका स्याउ किसान मर्कामा


बाजुरा– सुदुर पश्चिम सरकार बन्ने र ढल्ने प्रक्रियाले बाजुरामा रहेका स्याउ किसान मर्कामा परेका छन । स्याउ किसानले समयमै ढुवानी अनुदान नपाउने भएपछि उनिहरु चिन्तीत बनेका हुन । बाजुरामा कृषि उत्पादनको सम्भावनाको जिल्ला भए पनि कृषकले विभिन्न समस्याका कारण चाहे जस्तो बजार र सौलियत पाउन सकेका छैनन् ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले भने “हामीले बाजुराको स्याउ बजारिकरणका लागि निति तथा कार्यक्रममा समावेश गरेर प्रदेशमा पठाएका थियौँ, सोका लागि कार्यक्रमम समावेश पनि भएको छ, अहिले सरकार गठनको प्रकृया रहेकाले प्रदेशको बजेट नै अलमलमा छ, सरकार गठनको भै कार्यक्रम कार्यान्वयन गर्न सुचारु भएमा बाजुराको स्याउ बजारिकणको कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ ।”
बजारिकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि स्वयंम कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्रविधिकको टोली सहित कृषकका बारीमा पुगेर अध्यायन गरिएको कार्यालय प्रमुख उपाध्यायले बताएका छन ।

प्रदेश सरकारले बजेट बिनियोजन गरि पठाएमा बाजुरामा उत्पादन भएका स्याउ बजारिकरण कृषि ज्ञान केन्द्र बाजुराले गर्ने उनले बताएका छन । बाजुराका बिभिन्न ठाउँमा उत्पादन भएको स्याउको बजारीकणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने कार्यालय प्रमुख उपाध्यायले बताए ।


प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?