२४ बैशाख २०८३, बिहीबार

कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम


सुर्खेत — नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएर हो।
सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाको नाम टुंगो लागेको कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए। चारै जना मन्त्रीको नाम शुक्रबार नै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको छ ।


प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives