७ असार २०८३, आईतवार

बाँझो जमिन बुतो बनाउँदै जगन्नाथका युवा

जगन्नाथ गाउँ पालिका वडा नम्बर ५ युनिक स्पोर्ट्स युवा क्लबले आफ्नो गाँउमा खेती गर्न योग्य छोडेको बाँझो जमिनमा क्लबले आफ्नै लगानीमा तरकारी रोपेको छ । गाउँमा खेती योग्य जमिन प्रयोग नगरेर खाली राखेको ३ बर्ष देखि प्रयोग बिहिन जमिनमा क्लबले आफ्नो लगानीमा सिमि, सोस्टा, अलहर, भटमास जस्ता लहरे तरकारी बाली रोपेको छ । गाउँमा मान्छेले (धारछेउ) आखापाखाको जमिनमा गाई गोरु, भेडा बाख्रा हरुले सरु खाने बाली नाली नहुने खेती लगाउन मात्र दुख कष्ट हुने देखेर कतिपयले नलगाएको धेरैले आफ्नो घरमा खेती लगाउने मान्छे नभएकाले जमिन बाँझो छोड्नु परेकोे क्लबका अध्यक्ष नवीन सार्किले बताए ।

गाउँमा गाई बस्तु, भेडा बाख्रा चराउने बन सानो छ (चरन) गाई बस्तुले खाने घाँस नहुँदा बनमा नटिक्ने र जहाँ बालिनाली लगाएको छ त्यहाँ सरु खाने हुँदा सबै बाँझो रहेको जमिन क्लबले प्रयोग गर्ने गाई बस्तु लाई खुला नछोड्न सबैलाई सुचना गर्ने र केही दिन भित्र गाउँमा रहेका गाई बस्तु लाई टाढा लैजान नियम बनाउने योजना रहेको क्लबका सचिब सर्जन कामीले बताए ।

क्लबले बिहानै देखि ५ हल गोरु, हलो, जु, कोदालो, हसिया लगायतका औजार बोकेर सम्पुर्ण टिम सहित गाउँ देखि नजिक रहेको कप्साडिमा १० पाथी बीउ लाग्ने बराबरको जमिनमा दलहन बालि छरेका हुन । यसरी बाँजो राखेको जमिन रोप्दा खाली बाँजो जमिन राख्ने कृषकहरु लाई खेतीपाती गर्न थप हौसला, प्रेम, स्नेह, प्रोत्साहन मिल्ने भएकाले स्वयंम क्लबलाई पनि आर्थिक स्तरोन्नति हुने हुँदा यस्ता कृषिक्रान्ति जस्ता क्रियाकलापमा जोडिन सुझाव सल्लाह सहित निरन्तर सहयोग र समर्थनमा रहेको नेकपा एमाले जगन्नाथ गाउँ कमिटी सचिब टक्क कामिले बताए ।

जगन्नाथ गाउँ पालिका वडा नम्बर ५ युनिक स्पोर्ट्स युवा क्लबले आफ्नो गाँउमा खेती गर्न योग्य छोडेको बाँझो जमिनमा क्लबले आफ्नै लगानीमा तरकारी रोपेको छ । गाउँमा खेती योग्य जमिन प्रयोग नगरेर खाली राखेको ३ बर्ष देखि प्रयोग बिहिन जमिनमा क्लबले आफ्नो लगानीमा सिमि, सोस्टा, अलहर, भटमास जस्ता लहरे तरकारी बाली रोपेको छ । गाउँमा मान्छेले (धारछेउ) आखापाखाको जमिनमा गाई गोरु, भेडा बाख्रा हरुले सरु खाने बाली नाली नहुने खेती लगाउन मात्र दुख कष्ट हुने देखेर कतिपयले नलगाएको धेरैले आफ्नो घरमा खेती लगाउने मान्छे नभएकाले जमिन बाँझो छोड्नु परेकोे क्लबका अध्यक्ष नवीन सार्किले बताए।

गाउँमा गाई बस्तु, भेडा बाख्रा चराउने बन सानो छ (चरन) गाई बस्तुले खाने घाँस नहुँदा बनमा नटिक्ने र जहाँ बालिनाली लगाएको छ त्यहाँ सरु खाने हुँदा सबै बाँझो रहेको जमिन क्लबले प्रयोग गर्ने गाई बस्तु लाई खुला नछोड्न सबैलाई सुचना गर्ने र केही दिन भित्र गाउँमा रहेका गाई बस्तु लाई टाढा लैजान नियम बनाउने योजना रहेको क्लबका सचिब सर्जन कामीले बताए।

क्लबले बिहानै देखि ५ हल गोरु, हलो, जु, कोदालो, हसिया लगायतका औजार बोकेर सम्पुर्ण टिम सहित गाउँ देखि नजिक रहेको कप्साडिमा १० पाथी बीउ लाग्ने बराबरको जमिनमा दलहन बालि छरेका हुन । यसरी बाँजो राखेको जमिन रोप्दा खाली बाँजो जमिन राख्ने कृषकहरु लाई खेतीपाती गर्न थप हौसला, प्रेम, स्नेह, प्रोत्साहन मिल्ने भएकाले स्वयंम क्लबलाई पनि आर्थिक स्तरोन्नति हुने हुँदा यस्ता कृषिक्रान्ति जस्ता क्रियाकलापमा जोडिन सुझाव सल्लाह सहित निरन्तर सहयोग र समर्थनमा रहेको नेकपा एमाले जगन्नाथ गाउँ कमिटी सचिब टक्क कामिले बताए ।

प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives